June 06, 2012

***बचाऊ म र मेरो देशलाई***


देशको लागि यो काँचो कविको कलम हरदम चल्ने छ
हातमा हात मिलाई त हेर, यो देश कस्तो बन्ने छ
को शुद्र, बैश्य, बाहुन, क्षेत्री, को नेवार र को किराती
सबै मेरो दाजु भाई र मेरो जातियता नेपाली

मेरो पिता रास्ट्रियता, माता मात्री भुमि नेपाल
मेरो ढुकढुकी निर्मल अनल भई बग्ने तराई. पहाड, हिमाल                                                 
मेरो रगतको छिटा समर्पण मेरी मातालाई र उनको दश धारा दुधको
म बनेकोछु नेपाली मिलि आँट क्षेत्रिको, लगन वैश्यको र कर्म शुद्रको

मेरा अंग अंगलाई टुक्र्याई कसरी बनाऊँ छौ नेपाली मलाई
बरु मिलाउ मेरै सेरोफेरो, स्वर्गीय हिमाल, पहाड, तराई
माथमा राखी हिमशिखरको सान गुन्जाउ बुद्धको शान्ति धुनलाई
जसो गर, जे गर तर बचाऊ मेरो अस्तित्व मेरी प्रण प्यारी आमालाई....

***सक्छौ त गर केहि देशको लागि, पुरा गर जन्मको करणलाई
            अखण्ड राखमात्री भुमि मेरी आमा नेपाललाई ***

                - देशभक्त छोरो कान्छा...

                 ***नेपाल रहे हामी नेपाली रहन्छौं***

June 02, 2012

काठमाण्डौँ

                                                          

 


एकैछिन दुखः भुलौं काठमाण्डौंलाई पहिले कहिल्यै नहेरेको नजरबाट हेरौ... आफ्नो बेथा भुलौं, यो कठोर र निस्ठुर काठमाण्डौंको मायाजालमा अल्झिऊँ... एकैछिन काठमाण्डौंको सहाराले ओठमा मुस्कान अनि मुटुमा सितलता बटुल्ने प्रयास गरौँ... एकैछिन काठमाण्डौंलाई प्रेमभावले महसुस गरौँ... अनि एकैछिन काठमाण्डौंसंगै रमाउने कोसिस गरौँ... एकैछिन...




June 01, 2012

यो कालो दिनको सुरुवात

श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाह देव तथा उनका सहपरिवार
जेष्ठ १८, २०५८ साल... नेपालका राजा श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाह देव तथा उनका सहपरिवारको हत्या... यो नेपालको लामो इतिहासको पाना मध्य सबै भन्दा कालो दिनको रुपमा सदा रहनेछ... राजा वीरेन्द्रसंगै उनका सहपरिवारको मात्रै अन्त्य भएन, उनीसंगसंगै नेपाली जनताको देशमा शान्ति, विकाश, समृद्धि र सुशाशनको झिनो आशा पनि अन्त्य भयो... त्यो कालो दिनको दुखादाई क्षणमा नेपालीका नारुहेका आखाँ र नारुहेको मन बिरलै थिए... त्यसै दिन देखि सुरु भयो नेपाल र नेपालीको कालो दिन... सानो भन्दा सानो परिस्थितिले नेपाललाई अल्झाई रहेको छ, प्रगतिको आशा छोडेर केवल शान्तिको आशा गर्न बाध्य नेपालीहरु हरेक ठाउँमा आफ्नो अधिकार र सेवाबाट बंचित हुनुपरेको छ... सायद सतीले सरापेको देश भएर होला, पक्कै पनि...??? तर तेसो कुनै हालतमा पनि साँचो हुनै सक्दैन... इतिहास साँची छ, विश्व शान्ति दुत भगवान गौतम बुद्धको जन्म यही पवित्र भूमिमा भएको हो... श्री ५ बडा महाराजधिराज पृथ्वी नारायण शाह देव, श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाह देव, महाकवि लक्ष्मी प्रसाद देवकोटा, अंशुवर्मा, अमरसिंह थापा, स्वरूपसिंह कार्की, भक्ति थापा, काजी कालु पाण्डे, झमककुमारी घिमिरे, वीर गोर्खाली लगायत थुप्रै अनगिन्ति सपुतले नेपाल आमाको कोखमा जन्म लिई सकेका छन्... हाम्रो भुमि पवित्र छ यसमा कुनै संसय नै छैन... खोट कुनै कथामा रहेकी ति अवला सतीको श्रापको होइन, खोट केवल हाम्रो सोचाईमा छ... हामी हाम्रो देश अरुले बनाई दिन्छ भन्ने पर्खाईमा छौ, हामी जसको पनि हावा हुण्डरीमा सजिलै पर्छौं... समस्या यतिनै हो, हामीमा हाम्रो देश विकाश गर्न अत्यावश्यक सारा गुणहरु पर्याप्त मात्रामा छन्, हामीमा नेवारी कला छ, क्षेत्रिको आँट छ, शुद्रको लगन छ, बाहुनको ज्ञान छ, हिमालको अग्लो शिर छ, पहाडको हरियाली छ, तराईको सुन उब्जने समथर भूभाग छ, हामीमा सबै छ केवल दृष्टिकोणको फरक छ हामीमा... हामीमा साथ हुने इक्ष्या छ तर साथ हुने दृढता छैन... यहीं नै हो हामी सबैले हामी नेपाली भएको प्रमाण देखाउनु पर्ने समय जुन हामी सक्छौ... फेरी गुन्जौं भगवान बुद्धको शान्ति धुन, देखौं हामी हाम्रो जातियता भन्दा राष्ट्रियताको बढी भोको छौ, फेरी हामी एक चोटी गोर्खालीको गाथा दोहोर्याऊँ, फेरी एक चोटी नेपाललाई शान्ति भुमि तुल्याऊँ...

नेपाल र नेपालीको सर्वप्रिय राजा श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाह देव तथा उनका सहपरिवारमा ***हार्दिक समवेदना***